काठमाडौं, २१ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सहसचिवद्वयमा शिव भट्टराई र नवराज गौतम नियुक्त हुनुभएको छ ।
काठमाडौं महानगरपालिका–७, चाबहिल निवासी भट्टराई पत्रकारितासँग सम्बद्ध हुनाका साथै भण्डारी सांसद र रक्षामन्त्री हुँदादेखि नै उहाँका स्वकीय सचिवका रुपमा काम गर्दै आउनुभएको हो ।
त्यस्तै सिरहा घर भई मोरङमा कार्यक्षेत्र हुनुभएका गौतम पनि उहाँको सहयोगीका रुपमा रहँदै आउनुभएको छ ।
यसअघि राष्ट्रपतिका स्वकीय सचिवमा झापा तोपगाछी–४ का भेषराज अधिकारी नियुक्त भइसक्नुभएको छ ।















प्रतिक्रिया