२८ आश्विन २०८३, बुधबार

बाबुरामको जिल्लामा प्रचण्ड पक्षधर अध्यक्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-baburam

गोरखा । एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईको गृह जिल्ला गोरखामा अध्यक्ष प्रचण्डधर अमर तमु अध्यक्ष निर्वाचित भएका छन् ।

दुई दिनसम्म गोरखामा चलेको सम्मेलनमा ५१ जना जिल्ला सदस्यका लागि ३८ जना निर्वाचनबाट चुनिएका हुन् । बाँकी १३ जना मनोनित गरिने नवनिर्वाचित अध्यक्ष तमुले बताउनुभयो ।

पार्टी अध्यक्ष दाहाल र भट्टराई पक्षका नेता कार्यकर्ता प्यानल बनाएर चुनावमा खटिएका छन् । निर्वाचनमा भट्टराई पक्षले चार जिल्ला सदस्य जितेको छ । बाँकी ३६ सदस्य दाहाल पक्षले जितेको छ ।

यसैगरी राष्ट्रिय प्रतिनिधिका लागि भएको निर्वाचनमा भट्टराई पक्षका तीन जनाले जितेका छन् भने दाहाल पक्षका १३ जना विजयी भएका छन् । कुल २२ प्रतिनिधिका लागि ६ जना निर्विरोध भई १६ जनाका लागि निर्वाचन भएको थियो ।

बहुपदीय प्रणालीमा जान लागेको एमाओवादीमा पहिलोपटक निर्वाचन प्रणालीबाट नेताहरुको छनोट गरिएको हो । विजयी सदस्यमध्ये ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको बैठकले तमुलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

पच्चीस जना सल्लाहाकारका लागि भने १४ जनाले मात्र उम्मेदवारी दिएका थिए । केन्द्रीय सम्मेलनमा भाग लिन विराटनगरतर्फ लागेका तमुले उताबाट फर्केपछि बैठक बसेर कार्यभार विभाजन गरिने जानकारी दिनुभयो ।