११ कार्तिक २०८३, बुधबार

उपप्रधान तथा रक्षामन्त्री रावलद्वारा पदबहाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim Rawal-Dpm

काठमाडौँ, १९ कात्तिक । नवनियुक्त उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावलले आज पदबहाली गर्नुभएको छ ।

रक्षा मन्त्रालयमा आफ्नो पदभार ग्रहण गर्ने क्रममा उपप्रधान मन्त्री रावलले आफू जटिल समयमा मन्त्री बनेकाले सबैको सहयोगको खाँचो रहेको बताउनुभयो ।

मन्त्री रावलले देशमा अघोषित नाकाबन्दीले आपूर्ति व्यवस्था सङ्कटमा परेको भन्दै आपूर्ति व्यवस्थालाई सहज बनाउनु सरकारको प्रमुख चुनौती रहेकोे औँल्याउनुभयो ।

उहाँले संविधान निर्माण हुनु ऐतिहासिक सफलता भएकाले यसको कार्यान्वयनका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री रावलले भूकम्पपीडित जनताको उचित बसोबासको व्यवस्था गर्न सरकार गम्भीर भएर लाग्ने बताउनुभयो ।