११ कार्तिक २०८३, बुधबार

रसुवापछि पोखरामा बस दुर्घटना, १७ घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pokhara-Mapकास्की, १९ कात्तिक । सराङकोट, नागडाँडा हुँदै पोखरातर्फ आउँदै गरेको यात्रुबाहक बस आज बेलुका पोखरा सिम्पानी जौवारी नजिकै दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

ग १ ख २३२० नम्बरको बस दुर्घटना हुँदा १७ जना घाइते भएको वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । घाइतेमध्ये १६ जनाको मनिपाल शिक्षण अस्पताल र एकजनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । रासस