११ कार्तिक २०८३, बुधबार

‘मधेस आन्दोलनले कसैलाई पनि हित नगर्ने’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khil-Raj-Regmiबुटवल (खस्यौली), १९ कात्तिक । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले मधेस आन्दोलनले कसैलाई पनि हित नगर्ने बताउनुभएको छ ।

एमनेस्टि इन्टरनेसलन नेपालको २४ औँ साधारणसभालाई आज बुटवलमा सम्बोधन गर्दै उहाँले मधेसमा उत्पन्न समस्यालाई वार्ता र संवादबाटै समाधान खोज्न उपयुक्त हुने सुझाव दिनुभयो ।

मानव अधिकारका लागि शान्ति र लोकतन्त्र आवश्यक रहेको बताउँदै उहाँले नागरिकको मानवअधिकारको संरक्षण गर्ने दायित्व सरकारको भएको प्रष्ट पार्नुभयो ।

मधेस आन्दोलनका कारण मुलुकमा देखिएको इन्धनलगायत वस्तुको असहजता तथा न्यूनताले गर्दा जनजीवन कष्टकर हुँदै गएको बताउँदै उहाँले आन्दोलन सुरु भएको तीन महिना पुग्न लाग्दा पनि समस्या समाधानको सङ्केत देखा नपर्नु दुर्भाग्य भएको उल्लेख गर्नु भयो ।

पूर्व सभामुख दमननाथ ढुङ्गानाले लोकतन्त्रको मर्मअनुसार अगाडि बढ्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

एमनेस्टि नेपालका अध्यक्ष सूर्यबहादुर अधिकारी, प्रा डा. वीरेन्द्र मिश्र, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाललगायतले परिषद् बैठक सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

परिषद बैठकमा देशभरीका ५५ वटा समूहबाट ११० जना प्रतिनिधि, केन्द्रीय समितिका पदाधिकारी सहभागी छन् । रासस