११ कार्तिक २०८३, बुधबार

टीकापुर हत्याकाण्डका ‘योजनाकार’ रामजनम चौधरी बने स्वास्थ्यमन्त्री

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramjanam-Chaudhariकाठमाडौं, १९ कात्तिक । नेपाल प्रहरीका एसएसपी र एक बालकसहित ९ जनाको ज्यान जानेगरी भएको टीकापुर हिंसात्मक घटनाका ‘योजनाकार’ रामजनम चौधरी नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।

थारु आन्दोलनका अगुवा समेत रहेका मन्त्री चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सपथ लिएको भएपनि आज मात्रै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका हुन् । यसअघि उनी विनाविभागीय मन्त्री थिए ।

थारु आन्दोलनका लागि जस्तोसुकै कदम उठाउन पनि पछि नपर्ने चौधरी कैलालीबाट निर्वाचित सांसद तथा फोरम लोकतान्त्रिकका महासचिव पनि हुन् । कैलालीको टीकापुरस्थित उनैको घरमा आन्दोलनकारीले प्रहरीमाथि आक्रमण गर्ने योजना बनाएको टीकापुर स्थानीयले नै खुलासा गरिसकेका छन् ।

थारु आन्दोलनकारीको आक्रमणबाट एसएसपी लक्ष्मण न्यौपाने र एक डेढ वर्षीय नाबालकसहित ९ जना प्रहरी कर्मचारी मारिएका थिए । अन्य देशमा हिंसात्मक घटनाका ‘योजनाकार’को आरोप लागेपछि पक्राउ गरेर अनुसन्धान गर्ने परिपार्टी भएपनि नेपालमा भने सत्ता र शक्तिको खेलमा उल्टै संरक्षण गरेर मन्त्रीसम्म बनाइएको छ ।

उसो त मन्त्री भएपछि पनि चौधरी आन्दोलनकारी बनेर प्रचण्डलाई आफ्ना माग सुनाउन केही दिन अगाडि लाजिम्पाट पुगेका थिए ।