११ कार्तिक २०८३, बुधबार

राष्ट्रपतिलाई नेपाल पत्रकार महासङ्घको बधाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FnJ-Prasidant-Office (1)

काठमाडौँ, १९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्धन अभावले नेपाली जनताको दिनचर्यामा परेको प्रभावप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिमा विजयी भएकामा बधाई दिन राष्ट्रपति कार्यालयमा पुगेको नेपाल पत्रकार महासङ्घको टोलीसँग राष्ट्रपतिले अहिलेको सङ्कटको अवस्थाबाट देशले छिटो समाधान पाउने विश्वास व्यक्त गर्नुभएको थियो ।

इन्धन अभावले विद्यालयमा विद्यार्थीले पढ्न नपाउने, अस्पतालमा औषधि उपलब्ध नहुने जस्ता मानवीय समस्या देखापरेकोप्रति राष्ट्रपतिले चिन्ता व्यक्त गर्नुभएको महासङ्घका कोषाध्यक्ष सूर्यमणि गौतमले जानकारी दिनुभयो ।

FnJ-Prasidant-Office (2)

समस्या लम्बिन नदिन आवश्यक पहल गर्न आफूले बुधवार प्रधानमन्त्रीसँग कुरा गरेको राष्ट्रपति भण्डारीले जानकारी दिनुभयो । उहाँले सञ्चारकर्मीहरुलाई अहिलेको परीस्थितिमा जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभएको थियो ।

महासङ्घका अध्यक्ष डा महेन्द्र बिष्टले राष्ट्रपतिमा निर्वाचित भएकामा भण्डारीलाई बधाई दिँदै मुलुकमा देखिएको असहज अवस्थाको अन्त्यका लागि आवश्यक पहल गर्न राष्ट्रपतिको ध्यानकर्षण गराउनुभएको थियो । रासस