२८ आश्विन २०८३, बुधबार

गुन्जाओका पार्टी प्रमुख नै भ्रष्टाचारको आरोपमा बर्खास्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

brahmputra map 1

बेइजिङ, १६ असार । चीनको गुन्जाओ सहरका पार्टी प्रमुखलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरिएको छ ।

चिनियाँ दक्षिणी प्रान्त गुआन्दोङमा अवस्थित गुन्जाओ सहरमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रमुखका रुपमा रहेका उनलाई भ्रष्टाचारको आरोपमा पदबाट बर्खास्त गरिएको बताइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको संगठन विभागद्वारा दिइएको जानकारीअनुसार सो सहरका पार्टी प्रमुख वान किङलिङलाई पार्टी प्रमुख पदबाट हटाइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन निरीक्षणसम्बन्धी विभाग (सिसिडिआई) ले गत शुक्रबार नै उनीमाथि भ्रष्टाचारको आरोपमा अनुगमन सुरु भएको जनाएको थियो ।

उनलाई पदबाट बर्खास्ता गरी अनुसन्धान थालिएको जानकारी दिइएको छ । उनले यसअघि पनि चीनको जियालिङ जिल्लाको पार्टी प्रमुखका रुपमा रहेर पनि काम गरेका थिए । रासस/सिन्ह्वा