११ कार्तिक २०८३, बुधबार

आमहडतालका क्रममा विद्यालय खुल्न दिने सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal_School_Childrenलहान, १९ कात्तिक । आमहडतालका कारण करिब ८३ दिनदेखि बन्द रहेका सिरहा जिल्लास्थित विद्यालय सञ्चालन हुन दिन सर्वपक्षीय सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा भएको विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन, अधिकारकर्मी, सञ्चारकर्मीसँगको सर्वपक्षीय छलफलका क्रममा जिल्लाका विद्यालय सञ्चालन हुन दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालय बन्द नगराउने सहमति भएकाले तत्काल विद्यालय सञ्चालन गर्न प्रजिअ डा विश्वकर्माले विज्ञप्तिमार्फत आह्वानसमेत गर्नुभएको छ ।

संयुक्त मधेसी मोर्चाको आह्वानमा जारी अनिश्चितकालीन आमहडतालका कारण जिल्लास्थित विद्यालय बन्द हुँदा लाखौँ विद्यार्थीको पठनपाठन प्रभावित हुँदै आएको छ ।

यस्तै चाडपर्वलाई दृष्टिगत गरी राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाउनुका साथै जुवातास नखेल्नसमेत सबैसँग विज्ञप्तिमार्फत आग्रह गरिएको छ । रासस