११ कार्तिक २०८३, बुधबार

जिल्ला प्रशासन काठमाडौंमा संघीय समाजवादी महिला फोरमको धर्ना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha

काठमाडौं १९ कात्तिक । मधेसी जनताका अधिकार सम्बोधन माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिइएको छ ।

संघीय समाजवादी महिला फोरम नेपालले मधेस आन्दोलनको समर्थनमा सरकारविरुद्ध नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि तीन घन्टा धर्ना दिएको हो ।

महिला फोरम नेपालकी अध्यक्ष निर्मला यादवको नेतृत्वमा आयोजित विरोध कार्यक्रम बिहिवार बिहान ९ देखि ११ बजेसम्म जारी रह्यो ।

मधेशको माग सम्बोधन गर, प्रहरी दमन बन्द गर, आन्दोलनकारीसँग तत्काल सार्थक वार्ता गर, देशभर उत्पन्न इन्धन र ग्यासको आपूर्ति सहज गर जस्ता नारा लगाउँदै उनीहरुले धर्ना बसेका हुन् ।