११ कार्तिक २०८३, बुधबार

विदेशी पर्यटक भन्छन्- नेपालको पर्यटन क्षेत्र सुरक्षित छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

touristकाठमाडौँ, १८ कात्तिक । बेल्जियम एक नागरिकले नेपालको पर्यटन क्षेत्र भूकम्पबाट सुरक्षित रहेको बताएका छन् ।

दुई साताअघि नेपालको विभिन्न ठाउँमा आफना समुहका साथ पदयात्रा सुरु गरेका बेल्जियमका प्रा डा म्याथ्यु भेण्फेनवल्कले आज पत्रकार सम्मेलन गरी नेपालको पर्यटन क्षेत्र अझै सुरक्षित रहेको र पर्याप्त सम्भावना रहेको जानकारी दिएका हुन् ।

उहाँले अल्जाइमर (बिर्सने रोग) भएका व्यक्तिलेसमेत तीन हजारभन्दा अग्लो क्षेत्रको अवलोकन गर्न सक्छन् भन्ने जानकारी दिनका लागि तीन जना अल्जाइमर रोगीलाई सँगै घुम्न लगेको जानकारी दिनुभयो ।

बेल्जियमको उक्त टोलीले नेपालको प्रमुख पर्यटकीय स्थल पोखरा, अन्नपूर्ण क्षेत्रको वृत्तचित्र बनाउनेसमेत पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

वृत्तचित्रले नेपालको पर्यटन क्षेत्र सुरक्षित र आकर्षक रहेको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवाह गर्ने र सो वृत्तचित्रबाट संलग्न गरिएको रकम अल्जाइमरको उपचारका लागि खर्च गर्ने जनाएको छ ।

उनीहरुले अल्जाइमरका रोगी नेपालमा पनि भएकाले नेपालीका लागिसमेत यो पदयात्राले पाठ सिक्ने अवसर मिलेकोे बताएका थिए ।

अल्जाइमरको जनचेतना फैलाउन बेल्जियमको १४ जनाको टोली नेपाल आएको थियो । सो टोलीले कास्कीको नयाँपुलदेखि पुनहिलसम्मको पदयात्रा गरेको थियो । रासस