११ कार्तिक २०८३, बुधबार

तीन महिनामा ६२ जनाको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA

भीमदत्तनगर, १८ कात्तिक । कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीबाट बितेको तीन महिनाको अवधिमा ६२ जनाको उद्धार गरिएको छ ।

मानव बेचबिखनविरुद्ध काम गर्दै आएका विभिन्न गैरसरकारी निकाय तथा प्रहरीको सक्रियतामा भारत लगिन लागेकाकोे उद्धार गरिएको हो । हिजोआज बेचिने युवतीको सङ्ख्या बढिरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक केदार खनालले दिनुभएको जानकारीअनुसार उद्धार गरिएकाहरु अधिकांशतः बैतडी, दार्चुला, सिन्धुपाल्चोक, दैलेख र नवलपरासीका छन् । “भारतमा विभिन्न बहानामा दलालले युवायुवतीलाई लगिरहेका हुन्छन्,” उहाँले भन्नुभयो – “विगतको तुलनामा केही नियन्त्रणसमेत भएको छ ।” खुल्ला सीमा नाकाका कारण मानव बेचबिखन नियन्त्रणमा समस्या भएको प्रहरीको भनाइ छ । रासस