११ कार्तिक २०८३, बुधबार

माथिको आदेश भन्दै नाकाबाट मालवाहक गाडी आउन दिइएन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bandनेपालगन्ज, १८ कात्तिक । भारतीय भन्सारले नेपालगञ्जको जमुनाहा नाकाबाट नेपाल प्रवेश गर्ने मालबाहक गाडीहरुलाई भन्सार पास नदिएपछि सयौँं गाडी भारततिर रोकिएका छन् ।

भारतीय भन्सारका अधिकारीले माथिको आदेश भन्दै मालवाहक र इन्धन ढुवानीका गाडीलाई हिजो अपरान्हदेखि नेपाल प्रवेशमा रोक लगाएका हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले पछिल्लो पटक भारतले भन्सार पास नदिएर सीमा नाकामा समस्या सिर्जना गरेको बताउनुभयो । इन्धन आयातमा नियन्त्रण कायम गरेको भारतले पछिल्लो पटक मालवाहक गाडीमा समेत नियन्त्रण कायम राख्न खोजेको देखिएको छ ।

यसअघि मालवाहक गाडीलाई नेपाल प्रवेशमा भारतीय भन्सारका पदाधिकारीले कुनै अवरोध गरेका थिएनन् । जमुनाह प्रहरीका अनुसार भारततिर १०० बढी मालवाहक गाडी भन्सार पासको प्रतिक्षामा लाइनमा बसेका छन् । रासस