११ कार्तिक २०८३, बुधबार

दुर्घटनामा मृत्यु हुनेमध्ये थप बाह्र जनाको सनाखत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bus-Accident-rasuwaधुन्चे (रसुवा), १८ कात्तिक । रसुवामा मङ्गलबार दिउँसो भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये थप १२ जनाको सनाखत भएको छ । योसँगै सनाखत हुनेको सङ्ख्या ३० पुगेको छ ।

प्रहरी नायब उपरीक्षक अवधेष विष्टका अनुसार सनाखत हुनेमा रसुवा चिलिमे गाविस–९ का २१ वर्षीय फुर्पुहोमो तामाङ, बारा गढीमाई नगरपालिका–९ का २९ वर्षीय दीपक चिमोरिया, रसुवा सरमथली–५ का ४८ वर्षीय नुर्वु गेङ्वो, सोहीे वडाकै ४८ वर्षीय जितमान गेङ्वो र भोर्ले गाविस–४ का २८ वर्षीय लक्ष्मी थिङ रहेका छन् ।

त्यस्तै रसुवा गत्लाङ–२ का २६ वर्षीय सुदिप लामा, गत्लाङ–६ का २९ वर्षीय प्रवेश लामा, गोल्चुङ–५ का तीन वर्षीया निमाटाशी लामा, राम्चे–६ का सापडोल तामाङ, रुपन्देही घर भएका धुन्चे गाविस सचिव ५३ वर्षीय टिकमबहादुर शाही, नुवाकोट मनकामना–४ का ३५ वर्षीय भरत गुरुङ तथा सो वडाकै २७ वर्षीय सुदर्शन गुरुङको समेत सनाखत भएको प्रहरीले जनाएको छ ।

रसुवाको राम्चे-३ ग्राङ भिरमा ना३ख ५७०६ नंको यात्रुबस सडकबाट करिब ५०० मिटर तल पुगी दुर्घटना हुँदा मर्नेको सङख्या अहिलेसम्म ३६ पुगेको छ । रासस