११ कार्तिक २०८३, बुधबार

रामरिझन, गंगा, रामकुमार र पासवान एमाओवादीबाट निष्काशित, अरुलाई स्पष्टीकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामरिझन यादव
रामरिझन यादव

काठमाडौं, १८ कात्तिक । एकीकृत माओवादीले पार्टी अनुशासनविपरीत गतिविधि सञ्चालन गरेको भन्दै चार केन्द्रीय नेताहरूलाई कारबाही गरेको छ ।

कारबाही पर्नेमा रामरिझन यादव, गंगानारायण श्रेष्ठ, रामकुमार शर्मा र महेन्द्र पासवान रहनु भएको छ ।

लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज (बुधबार) बिहान बसेको स्थायी समिति बैठकले उनीहरूलाई पार्टीबाट निष्काशसन गर्ने निर्णय गरेको हो । महासचिव कृष्णबहादुर महराका अनुसार पदीय अनुशासनविपरीत कार्य गर्ने यादव, श्रेष्ठ, शर्मा र पासवानलाई पार्टीबाट निकाष्कशन गरिएको छ ।

‘पार्टी अनुशासन विपरितका क्रियाकलाप गरेपछि उहाँहरूलाई कारबाही गरेका हौँ’, महराले भन्नुभयो ।

संगठनको नीति निर्देशन विपरित कार्य गर्दै आएकाले उनीहरूलाई पार्टीबाट निष्काशसन गर्ने निर्णय गरिएको जनाइएको छ ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई निकट मानिनु हुने उनीहरूले आफूहरूले एमाओवादी पार्टीबाट राजीनामा दिइसकेको प्रतिक्रिया दिनु भएको छ । उहाँहरूले एकीकृत माओवादी पार्टी छाडीसकेको व्यक्तिलाई कारबाही गर्नुको कुनै औचित्य नहुने उल्लेख गर्नु भएको छ ।

एमाओवादीले हिजो (मंगलबार) पार्टीलाई असहमति पत्र बुझाउने स्थायी, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरूलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । मंगलबार पूर्व एमाओवादी नेता बाबुराम भट्टराई पक्षधर ४५ नेताले असहमति पत्र केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाएका थिए ।

एमाओवादीले असहमति पत्र बुझाएकाहरूसँग स्पष्टीकरण सोध्ने र आत्मालोचना गरेर पार्टीमा फर्कन आह्वान गरेको महराले बताउनुभयो ।

एमाओवादीले ४५ नेताहरूलाई फर्कन आग्रह गरे पनि यसको औचित्य नरहेको उनीहरूको भनाइ छ ।

पूर्व प्रधानमन्त्री भट्टराईले एमाओवादी छाडेका नेताहरूलाई समेटेर नयाँ पार्टी खोल्दै हुनुहुन्छ । भट्टराईको पक्षमा रहेका सांसदहरूका विषयमा भने सूचना लुकाइएको छ । भट्टराईका पक्षमा २७ जना सांसद रहेको जनाइएको छ ।