११ कार्तिक २०८३, बुधबार

मन्त्रिमण्डल विस्तारको तयारी, एमालेबाट उपप्रधानमन्त्री नहुने सम्भावना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oliकाठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिमण्डल विस्तार गर्ने योजना बनाउनु भएको छ ।

प्रधानमन्त्री भएको लामो समय भइसक्दा पनि आफ्नै पार्टी नेकपा (एमाले)बाट मन्त्रीको चयनमा केही समस्या भएपछि ओलीले मन्त्रिमण्डल विस्तार गर्न सक्नु भएको थिए ।

तर मंगलबार बसेको एमाले स्थायी समितिको बैठकले अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीलाई पार्टीबाट बन्ने मन्त्रीको चयन गर्ने जिम्मेवारी दिएपछि ओलीले आज मन्त्रिमण्डल विस्तारको योजना बनाउनु भएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले कुनै समस्या नआए आज एमालेका मन्त्रीहरूलाई समेटेर मन्त्रिमण्डल विस्तारको तयारी भएको बताउनुभयो ।

एमालेका तर्फबाट मन्त्री बन्ने सूचीमा भीम रावल, विष्णु पौडेल, शेरधन राईलगायतको नाम अग्रपंक्तिमा छ ।

स्रोतका अनुसार उपप्रधानमन्त्री बनाउँदा एमालेभित्र विवाद भएपछि प्रधानमन्त्री ओलीले उप्रधानमन्त्री नबनाउने की भनेर निकटका नेताहरूसँग सल्लाह गर्नु भएको छ ।

यदि उपप्रधानमन्त्री बनाइएन भने एमालेका मन्त्रीले मन्त्री पदमा मात्रै शपथ लिनेछन् ।