११ कार्तिक २०८३, बुधबार

नेपालगञ्ज नाका खुकुलो, भारतबाट भित्रियो पेट्रोल, डिजेल र ग्यास

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil

– विश्वराज पछल्डङ्ग्या

नेपालगन्ज, १७ कात्तिक । नेपालगन्ज–रुपईडिहा नाका आज सहज भएको छ ।

नाकामा मधेसी मोर्चाका कार्यकर्ता देखिएका छैनन् भने भारतीय पक्षले निर्वाध रुपमा मालबाहक, पेट्रोलियम र निजी सवारी साधन आउजाउ गर्न दिएको छ ।

सुरक्षाको कारण देखाउँदै भारतीय पक्षले हिजो पैदल यात्रु बाहेक साना ठूला सवै सवारी साधन आउजाउमा रोक लगाएको थियो । भारतीय सीमा सशस्त्र बल (एसएसवी) ले मालबाहक र पेट्रोलियम पदार्थ बोकेका गाडी निर्वाध रुपमा नेपाल आउन दिएको जमुनहा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु गिरीले जानकारी दिनुभयो ।

नाका सुचारु भएपछि भारतीय सीमा बजार रुपईडिहामा रोकिएका पेट्रोलियम र मालबाहक गाडी धमाधम नेपाल भित्रिरहेका छन् । जमुनहा प्रहरी चौकीका अनुसार हालसम्म १५ ट्यांकर डिजल, ६ ट्यांकर पेट्रोल, २ बुलेट खाना पकाउने एलपी ग्यास र ४१ वटा अन्य मालबाहक गाडी नेपाल भित्रिएका छन् । पेट्रोलियम पदार्थ बोकेका ट्यांकर आउने क्रम जारी रहेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ ।