११ कार्तिक २०८३, बुधबार

मोदीले छानविन गर्न भनेपछि वीरगन्ज घटनाबारे सरकारको धारणा सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singhdurbar2काठमाडौँ, १७ कात्तिक । सरकारले वीरगन्जमा सोमबार भएको हिंसात्मक घटनाले उग्ररुप लिएपछि बल प्रयोग गर्न सुरक्षाकर्मी बाध्य भएका स्पष्ट पारेको छ ।

सोमबार बिहान भारत–नेपालबीचको सीमा क्षेत्रमा रहेको वीरगन्ज–रक्सौल नाकामा आन्दोलनकारीको अवरोध हटाउनाका साथै दुई भारतीयसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि हप्तौंदेखि नेपाली भूमिमा रोकिएका भारतीय मालवाहक ट्रक बिहान १०ः३० बजे सीमापारि गएको परराष्ट्र मन्त्रालयले गए राति जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रहरीले बल प्रयोग गरी अवरोध हटाएपछि प्रदर्शनकारीले सुक्षाकर्मीमाथि ढुङ्गामुढा र पेट्रोल बम प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन चेतावनीस्वरुप अश्रुग्यास प्रहार गर्नुपरेको मन्त्रालयले बताएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा भारतीय आशिषकुमार रामको मृत्यु भएको र १७ सुरक्षाकर्मी घाइते भएका थिए । अधिकतम संयमताका साथ सुरक्षाकर्मीले आफ्नो भूमिका निर्वाह गरेको बताउँदै सरकारले भारतीयको मृत्यु भएकामा खेद प्रकट गरेको छ ।

वार्ताका माध्यमबाट राजनीतिक विषय सम्बोधन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र वार्ता सही दिशामा अघि बढेको स्पष्ट गर्दै वक्तव्यमा नेपाली भूमिमा शान्ति सुव्यवस्था कायम गर्दै विदेशी यातायात व्यवसायीसहित आवागमनलाई सहज बनाउन दृढ रहेको उल्लेख छ ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर घटनाको छानविन गरी स्पष्ट पार्न आग्रह गर्नुभएको थियो । रासस