११ कार्तिक २०८३, बुधबार

सिनामंगलको पुलमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौँ, १७ कात्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाले गए राति भएको सिनामङ्गलमा भएको सडक दुर्घटनामा डेभिड राजभण्डारीको मृत्यु भएको जनाएको छ ।

महाशाखाका अनुसार बा५७प ३६३७ नंको मोटरसाइकल सिनामङ्गलस्थित भत्केको पुल नजिकै असन्तुलित भई राति १ बजे दुर्घटना हुँदा करिब २६ वर्षीय राजभण्डारीको मृत्यु भएको हो । उनको ठेगाना भने खुल्न सकेको छैन ।

सोही मोटरसाइकलको पछाडि बसेका सिन्धुपाल्चोकका १९ वर्षीय छेसाङ लामालाई गम्भीर घाइते भई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशलामा राखिएको प्रहरीले जनाएको छ । रासस