११ कार्तिक २०८३, बुधबार

दाङमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

HIV-AIDSदाङ, १७ कात्तिक । दाङमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पाँच वर्ष अघि १५८ जना सङ्क्रमित भेटिएकामा अहिले २७८ जनामा एचआइभीको सङ्क्रमण देखिएको छ ।

एचआइभी र एड्सको क्षेत्रमा काम गर्दै आएको दाङ प्लसका अनुसार वर्षैपिच्छे एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

आव ०७०/७१ मा २५४ र आव ०७१/७२ मा आइपुग्दा २७८ जनामा एचआइभीको सङ्क्रमण देखिएको दाङ प्लसका संयोजक प्रकाश नेपालीले जानकारी दिनुभयो ।

सङ्क्रमित खुल्दै जाँदा सङ्क्रमितको सङ्ख्या बढे पनि नयाँ सङ्क्रमितको सङ्ख्या भने घट्दै गएको उहाँको भनाइ छ ।

अहिलेसम्म ६७ जनाको मृत्यु भइसकेको संस्थाले जनाएको छ । दाङमा अहिले २१० जना सङ्क्रमित रहेका छन् । तीमध्ये १०७ जना पुरुष र १०० जना महिला रहेका छन् भने १५९ जनाले औषधि सेवन गरिरहेको बताएको छ ।

सङ्क्रमित विस्तारै समाजमा खुलेर जाँच गर्न र औषधि उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न थालेका छन् । सामाजिक लाञ्छना र विभेद अन्त्य हुँदै गएपछि सङ्क्रमित समाजमा खुल्न थालेका हुन् ।

जिल्लाका ठूला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रबाट सङ्क्रमितको निःशुल्क उपचार र परामर्श दिने गरिएको संस्थाले जनाएको छ ।