११ कार्तिक २०८३, बुधबार

गगन थापाले गरे कांग्रेस नेतृत्वको आलोचना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan-thapa

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा गगन थापाले नेतृत्वको आलोचना गरेका छन् ।

भारतको नाकाबन्दी र मधेस आन्दोलनको प्रसंग कोट्याउँदै केन्द्रिय सदस्य थापाले कांग्रेसको आलोचना गरेका हुन् । उनले कांग्रेस नेतृत्व एमालेको बाटोमा हिँडेको आरोप लगाए ।

‘हाम्रो आफ्नो दृष्टिकोण प्रष्ट हुनुपर्यो । अहिले कांग्रेसले मधेसलाई चाहिँ एमालेको चस्माबाट र भारतलाई मधेसीको चस्माबाट हेरिरहेको छ,’ थापाले बैठकमा भने, ‘यसरी अरुका चस्माबाट हेर्न बन्द गरौं, हाम्रो आफ्नो दृष्टिकोण बनाऔं ।’

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा बोल्ने कतिपय केन्द्रीय सदस्यले काँग्रेसले बिना तयारी प्रधानमन्त्री, राष्ट्रपतिलगायत पदमा उम्मेदवारी दिएर ठूलो गल्ती गरेको र यसमा गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखेका छन् । उनीहरुले सरकारका उच्च पद गुमाएर काँग्रेसलाई क्षति भएको तर्क राखेका छन् ।