११ कार्तिक २०८३, बुधबार

रातिराति डिजेल कालोबजारी गर्ने ४ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrolsकाठमाडौं, १६ कात्तिक । रातको समयमा लुकीछिपी डिजेलको कालोबजारी गर्ने ४ जनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ ।

प्रहरी परिसरले सोमबार विहान २ बजेको समयमा ललितपुरको सानेपास्थित त्रिशक्ति पेट्रोल पम्पका लेखापालसहित चार जनालाई पक्राउ गरेको हो । उनीहरुबाट ३५८ लिटर डिजेल समेत बरामद गरिएको परिसरले जनाएको छ ।

पक्राउ पर्नेमा त्रिशक्ति पेट्रोल पम्पका लेखापाल २८ वर्षीय कृष्णमणी ढुंगाना, नोजल म्यान ३८ वर्षीय रामहरि मिश्र, बा १२ च ३६४८ नं. जीपका चालक २४ वर्षीय दिपक पौडेल र सहचालक २७ वर्षीय शिव पाण्डे रहेका छन् ।

उनीहरु रातको समयमा कोही कसैले थाहा नपाउने डिजेलको कालोवजारी गरिरहेका थिए । बलेरो गाडीको पछाडी खाली भागमा प्लाष्टिक क्रेटले ड्रमलाई घेरी ड्रममा ३५८ लिटर डिजेल भरीसकेको अवस्थामा प्रहरीले उनीहरुलाई सानेपाबाट रंगेहात समातेको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरले डिजेलसहित पक्राउ परेका अभियुक्तहरुलाई थप कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय ललितपुरलाई बुझाएको परिसरका प्रवक्ता डीएसपी किसन सिंह थापाले जानकारी दिनुभयो ।