११ कार्तिक २०८३, बुधबार

भारतीय नागरिकको आक्रमणबाट वीरगञ्जमा ६ प्रहरी घाइते, उपचार हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

birjung-bazarवीरगञ्ज, १६ कात्तिक । पर्साको वीरगञ्जस्थित रक्सौल नाकामा भएको झडपमा परी ६ प्रहरी कर्मचारी घाइते भएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको धर्नामा सहभागी हुन आएका भारतीय नागरिकको आक्रमणबाट जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ६ प्रहरी कर्मचारी भएको केन्द्रीय प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।

नाकामा धर्ना दिइरहेका मोर्चाका कार्यकर्तालाई हटाएपछि भारतीय नागरिकको समेत सहभागिता रहेका प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेका थिए । प्रदर्शनकारीको ढुङ्गा लागेर ६ जना प्रहरी कर्मचारी घाइते भएका हुन् ।

उनीहरुको स्थानिय मेडिकलमा उपचार भइरहेको छ । यस्तै, प्रदर्शनकारीतर्फ घाइते भएका ८ जनाको नारायणी उप-क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि झडपकै क्रममा वीरगञ्जको नेपाल-भारत सीमाना मितेरी पुलमा प्रहरीको गोली लागेर भारतीय नागरिक २५ वर्षीय आषिशकुमार रामको मृत्यु भएको थियो ।

यस्तै, बाराको गढीमाई नगरपालिका-७ टेडा रोडमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले ईलाका प्रहरी कार्यालय जितपुरको प्रहरी टोलीलाई सोमबार एक्कासी ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर तथा अश्रुग्याँस फायर गरी भिडलाई तितरबितर पारेको छ ।