११ कार्तिक २०८३, बुधबार

रौतहट दुर्घटनामा एकको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rautahatरौतहट, १६ कात्तिक । रौतहट जिल्लाको सखअवा धमौरा गाविसस्थित वीरेन्द्रराजमार्गमा आज मोटरसाइकल र टायर गाढा एकआपसमा ठोक्किदा एक व्यक्तिको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार एकआपसमा ठोक्किदा सख्त घाइते भएका सर्लाही मानपुर गाविस–५ बस्ने २८ वर्षीय रामबच्चन साहको उपचारका क्रममा नेसनल मेडिकल अस्पताल वीरगन्जमा मृत्यु भएको छ ।

बिहान ८ बजे गरुडाबाट चन्द्रनिगाहपुरतर्फ आउने क्रममा साहले चलाएको मोटरसाइकल टायरगाडासँग ठोक्किएको थियो । प्रहरीले टायरगाडालाई नियन्त्रणमा लिएको छ । टायरगाडा चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस