धनगढी, १६ कात्तिक । नेकपा एमालेका पोलिटव्यूरो सदस्य पर्शुमेघी गुरुङले नयाँ संविधानले समानुपातिक निर्वाचन पद्धतिले सबै जातजातिको पहिचान बचाउने बताउनु भएको छ ।
नेपालमा १२६ जात जाति भएकोले सवैको राज्य असम्भव छ त्यसैले समानुपातिक निर्वाचन पद्धतिबाट सवैको प्रतिनिधित्व हुने व्यवस्था नयाँ संविधानमा गरिएको चर्चा उहाँले गर्नुभयो ।
एमालेको धनगढी नगर कमिटीद्धारा आयोजित कार्यकर्ता भेलामा वोल्दै उहाँले गाउँ पालिका, नगरपालिका, जिल्ला परिषद, प्रदेश सभादेखि केन्द्रीय संसदसम्म समानुपातिक निर्वाचन प्रणाली लागू हुने वताउनुभयो ।
नेपालमा सहमतिय राजनीतिकको आवश्यक्ता रहेको छ उहाँले भन्नुभयो कांग्रेसमा रारारात भुईचालो गएकोले सुशील कोइराला प्रधानमन्त्रीको उम्मेदवार बने ।
हामीले भारतको दादागिरी देखेका थियौ भरखरको नयाँ पुस्ताले पनि उसको हैकम देख्न पायो नेता गुरुङले भन्नुभयो नाकावन्दीले नयाँ पुस्ता पनि सचेत भएको छ ।
सोही अवसरमा वोल्दै एमाले केन्द्रीय सदस्य तथा सांसद गरिमा शाहले सिक्किम बनाउने रणनीति फेल भएपछि भारतले नाकावन्दी गरेको दावी गर्नुभयो । सीमामा अवरोध गर्नेका विरुद्ध देशभक्त नेपालीले प्रतिकार गर्नु पर्ने आवश्यक्ता औल्याउदै उहाँले नयाँ संविधानले महिला, थारु, जनजाति, मधेसी लगायतका सवै जातजातिको अधिकार सुनिश्चित गरेको वताउनुभयो ।
नेता शाहले संविधानका वारेमा चलेका भ्रम चिर्न नेता कार्यकर्ता गाउँगाउँ जानु पर्ने आवश्यक्ता पनि औल्याउनुभयो । नगर अध्यक्ष पुक्कल कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष दीर्घ सोडारी, डा. दीपकप्रकाश भट्ट लगायतले वोल्नुभएको थियो ।















प्रतिक्रिया