२८ आश्विन २०८३, बुधबार

रसिया जाने लोभमा १३ युवा ठगिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa

बुटवल। रसिया पठाइदिने भन्दै लाखौं उठाएर मेनपावर सञ्चालक भागेपछि पीडितहरु अन्यौलमा परेका छन् ।

बुटवल राजमार्ग चौराहमा रहेको चाहना ह्युमन रिसोर्स एण्ड कन्सल्टेन्सीका सञ्चालक तनहुँ सतिस्वाँरा–२ का २७ वर्षीय भरत ठकुरी र उनका सहयोगी मेखबहादुर तामाङ फरार भएका हुन् ।

उनीहरुले रसिया पठाउन छ लाख पाँच हजार लाग्ने भन्दै रुपन्देही, कपिलवस्तु र पाल्पाका १३ युवासँग रकम असुलेका थिए ।

पीडितहरुसँग भिसा लाग्नुपूर्व ८० / ८० हजार रुपैंया र भिसा आइसकेपछि चार लाखदेखि छ लाखसम्म रकम लिएको बताइएको छ । रसिया जानका लागि भिसासमेत आइसकेपछि उनीहरु फरार भएका हुन् ।

सबै पैसा बुझाएपछि रसिया जानका लागि गत वैशाख ३ मा मिति तय भएको थियो । सबैले एक हप्ता अगाडि नै पैसा बुझाइसकेका थिए । जाने मितिभन्दा दुई दिन अगाडि सञ्चालक ठकुरी र तामाङ फरार भए, पीडितमध्येका एक सिद्धार्थनगर नगरपालिका–६ का मेहराज अहमदले भन्नुभयो ।

उहाँका अनुसार उक्त मेनपावरले गत फागुनमा एक स्थानीय पत्रिकामा विज्ञापन निकाली रसियाका लागि कामदार माग गरेको थियो । हप्ताको १० हजार ५० रुवेल (झन्डै ३४ हजार नेपाली) तलब हुने आश्वासन पाएपछि युवाले राहदानी मेनपावरमा बुझाएका थिए ।

राहदानीसँगै मेनपावर सञ्चालक ठकुरीको एनएमबी बैंकको बुटवल शाखामा रहेको खातामा सबैले रकम जम्मा गरेको पीडितहरु बताउँछन् ।

त्यसपछि काठमाडौंस्थित रसियन दूतावासमा १५ हजार जम्मा गरेर राहदानीमा भिसासमेत लगाइसकेको अर्का पीडित सिद्धार्थनगर–९ का रोहित बोहोराले बताउनुभयो ।

सञ्चालक ठकुरी र तामाङ फरार भएपछि आफूहरु ठगिएको भन्दै पीडितहरुले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । इप्रका बुटवलका प्रहरी नायब उपरीक्षक दिनेशकुमार आचार्यले फरार तामाङ र ठकुरीको खोजी कार्य भइरहेको जानकारी दिनुभयो ।