काठमाडौं, १४ कात्तिक । अमेरिकाका नेपाली सञ्चारकर्मी विजय थापा मातृभूमिको राजधानी काठमाडौंमा सम्मानित भएका छन् ।
झन्डै एक दशकदेखि अमेरिकाको डिसी महानगर क्षेत्रलाई कर्म थलो बनाउदै संचारकर्मी थापालाई एक कार्यक्रमबीच उनी अमेरिका उड्नु अगाडी नेपालमा रहदा उनले नेतृत्व प्रदान गरेको पेसागत संगठन नेपाल औषधिगत बिक्रि प्रबन्धक संगठन (फर्मास्युटिकल मार्केटिंग एक्जुकेटिव एसोसिएसन अफ नेपाल)ले सम्मान गरेको हो ।
संबिधान बनेपछि नेपाल पुगेका थापालाई उक्त संस्थाले उनले दुई कार्यकाल अध्यक्ष पदमा रही संस्थागत विकास, सफलता पूर्वक नेतृत्वको साथै महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा काठमाडौँमा रहेको संस्थाको कार्यालयमा मायाको चिनो प्रदान गर्नुको साथै संस्थाले उनलाई आजीवन सदस्यता प्रमाणपत्र पनि प्रदान गरेको छ ।
उक्त सम्मान कार्यक्रममा उनले मन्तब्य राख्दै छोटो समयमा कार्यक्रमको आयोजना गरी सम्मान दिएकोमा संस्थाका अध्यक्ष नेत्रनाथ पौडेल तथा संस्थाका सबै पदाधिकारीलाई धन्यबाद दिएका थिए ।
अमेरिकामा पत्रकारिता पेसामा रहेका थापाले मन्तब्यको क्रममा आफूले संस्था २०५८ देखि २०६२ सम्म नेतृत्व प्रदान गर्दा आफूले भोगेका समस्या, चुनौती, अप्ठ्यारा र सफलता को बारेमा चर्चा गर्दै संस्था १४ बर्ष सम्म नवीकरण नगरिएको, दर्ता खारेजी भएको, मुअकमा दर्ता नगरिएको, बैधानिकताको म्याद गुज्रिएको अवस्थामा आफूले अध्यक्ष भएपछि त्यो कामलाई उच्च प्राथमिकता दिदै काम फत्ते गरेको जानकारी गराका थिए ।
आफू केन्द्रिय केन्द्रिय अध्यक्ष हुँदा शाखा विस्तार केवल बिरगञ्ज शाखा मात्र रहेको संस्था काठमाडौँ बाहिर अहिले ७ वटा शाखा विस्तार भएकोमा मुक्त कण्ठले नेतृत्वको प्रशंसा गरेका थिए ।
संस्थाका अध्यक्ष नेत्रनाथ पौडेलले पूर्व अध्यक्ष थापा जुझारु हुनुको साथै तत्कालिन समयमा संस्था निस्कृय जस्तो अवस्थमा रहेको संस्थालाई ब्युझाई यो अवस्थामा सम्म ल्याउन ठुलो भूमिका निर्वाह गरेको चर्चा गरेका थिए ।
र थापाका समकालीन पेसागत मित्र तथा संस्थाका सल्लाहकार समितिका संयोजक शरद चन्द्र ओझाले थापाले नेतृत्व प्रदान गरे पछि संस्थाका सदस्यहरुमा आत्मबिस्वास बढ्नुको सहभागितामा क्रियाशीलता बढेको चर्चा गर्दै अमेरिकामा रहेता पनि नेपाली भाषालाई प्रबद्र्धन गर्न अहम भूमिका निर्वाह गरेकोमा आफुलाई खुसि लागेको मन्तब्य राखेका थिए ।
कार्यक्रममा संस्थाका पदाधिकारी, पूर्व अध्यक्ष तथा अन्य सदस्यहरुको उपस्थिति रहेको थियो भने केहि जिज्ञासा पनि राखिएको थियो ।


















प्रतिक्रिया