११ कार्तिक २०८३, बुधबार

एमालेको राष्ट्रव्यापी जनजागरण अभियान प्युठानमा (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml-pyuthan-1

काठमाडौं, १४ कात्तिक । नेकपा एमालेको राष्ट्रिय जनजागरण अभियान प्युठान पुगेको छ । संविधान निर्माण प्रक्रिया सम्पन्न भएपछि सुरु भएको अभियानले कात्तिक १२ गतेदेखि प्युठानमा विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।

अभियानका प्युठान संयोजक एवं नेकपा एमालेका पर्यटन विभाग प्रमुख तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले नयाँ संविधानका सकारात्मक पक्षबारे जनमानसमा सन्देश पुर्‍याउने र उनीहरुका गुनासा सुन्ने कार्य अन्तर्गत अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

कात्तिक १२ गते प्युठानको भालुवाङस्थित बटाणा बजारदेखि सुरु भएको जनजागरण अभियानको उदघाटन पनि थापाले नै गर्नुभएको थियो । १३ गते स्वर्गदारीको विग्रीबजार पुगेको अभियानले कात्तिक १४ गते आज शहिद उमेशचन्द्र थापाको गाउँ बरौला बजारमा विविध कार्यक्रम गर्दैछ ।

संयोजक थापाका अनुसार कात्तिक २० गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत अहिलेसम्म करिब ३ हजार अगुवा नेताकार्यकर्ता, जनसंगठन र जनताले सहभागिता जनाउँदै नयाँ संविधानबारे जानकारी लिएका छन् ।

अभियान अन्तर्गत गाउँमा गाउँमा आयोजना गरिएका भेला, अन्तक्रिया, सभासम्मेलनमा नयाँ संविधान र अबको कार्यभार विषयमा विस्तृत छलफल समेत भइरहेको संयोजक थापाले जानकारी दिनुभयो ।

Uml-pyuthanअभियान अन्तर्गत भोली कात्तिक १५ गते प्युठानको निर्वाचन क्षेत्र २ खुङ ठूलाबेसी बजारमा विविध कार्यक्रम गरिँदैछ । त्यस्तै, कात्तिक १६ गते मोहनविक्रम सिंहको गाउँ ओखरबोटको ढाड मच्छीबजार, १७ गते लुङ बहाने बजार, १८ गते प्युठान नगरपालिकाको विजुवार, १९ गते चुजा गाविसमा जनसंगठन तथा जनतालाई प्रशिक्षण गराइने छ ।

अभियानका संयोजक थापाले कात्तिक २० गते सदरमुकाम खलंगामा प्युठानमा जारी जनजागरण अभियानको भव्यताका साथ समापन गरिने जानकारी दिनुभयो । नयाँ संविधान जारी भइसकेको अवस्थामा कार्यान्वयनमा निर्वाह गर्नुपर्ने भुमिकाका विषयमा गाउँ गाउँमा प्रशिक्षण दिन लागिएको हो ।

प्युठानमा जनजागरण अभियानलाई सफल बनाउन एमाले जिल्ला सचिव तुलसी राम शर्मा सक्रिय भएर लागिरहेका छन् । कार्यक्रममा सम्बन्धित क्षेत्रमा कार्यरत रहेका एमाले गाउँ तथा जिल्ला कमिटी, एमाले सभासदहरुको समेत उल्लेख्य सहभागिता रहँदै आएको छ ।

संविधान निर्माणपछि असोज १२ गतेबाट नेकपा एमालेको राष्ट्रव्यापी अभियान अन्तर्गत प्युठानमा जनसंगठन र जनमानमा चेतनामुलक कार्यक्रम गरिएको हो ।