११ कार्तिक २०८३, बुधबार

आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ, १४ कात्तिक । हाल तराईका विभिन्न जिल्लामा भइरहेको आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरिएको छ ।

राष्ट्रिय बाल कल्याण सञ्जालले आफ्नो भविष्य, हित/अहितको बारेमा सोच्नसमेत नसक्ने बालबालिकालाई व्यक्तिगत स्वार्थ, विभिन्न समुदाय र पार्टीगत स्वार्थका लागि प्रयोग गरिएको हुँदा त्यसो नगर्न आग्रह गरेको हो ।

“वास्तवमा बालबालिका आफ्नो हित÷अहितको बारेमा सोच्न सक्दैनन, यसैको नाजायज फाइदाले बालबालिकामाथि बालअधिकार बाल संरक्षणको नाममा राष्ट्रय तथा अन्तर्राष्ट्रिय बालबालिकासम्बन्धी कानुनी मूल्यमान्यता विपरीत रही अवैधानिक रुपमा भूकम्पपछि विभिन्न आन्दोलनको नाममा बालबालिकाको दुरुप्रयोग भइरहेको छ, अवैधानिक रुपमा बालबालिकासम्बन्धी गतिविधि भइरहेको छ, त्यस्ता गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”–सञ्जालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सञ्जालले बाल अधिकारको क्षेत्रमा कार्यरत व्यक्ति, सङ्घसंस्था, समूहलाई बालबालिकाप्रति संवेदनशील हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य मान्यताप्रति गम्भीर भई बालबालिका कै नाममा प्रत्यक्ष फाइदा पुग्ने खालका कार्यक्रम मात्र सञ्चालन गर्नसमेत आग्रह गरेको छ । रासस