२७ कार्तिक २०८३, शुक्रबार

एनपीएलमा आज पनि २ खेल : काठमाडौं र सुदूरपश्चिम तथा चितवन र जनकपुर भिड्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज पनि दुई खेल हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा आज दिउँसो १२ः३० बजेदेखि सुरु हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

जारी प्रतियोगितामा काठमाडौंले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ भने सुदूरपश्चिम रोयल्सले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेको छ । रनरेटका आधारमा सुदूरपश्चिम तेस्रो स्थानमा रहेको छ । सुदूरपश्चिमको यो लिग चरणको अन्तिम खेल रहेको छ ।

त्यसैगरी, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछ ।

चितवन राइनोजले ५ खेलमा ५ अंक हासिल गरेको छ र अंक तालिकामा पाँचौ स्थानमा रहेको छ ।

त्यस्तै, जनकपुर बोल्ट्सले ६ खेलमा ४ अंक हासिल गरेको छ र तालिकामा छैटौं स्थानमा रहेको छ । जनकपुर बोल्ट्सको यो लिग चरणको अन्तिम खेल समेत हो ।