२८ आश्विन २०८३, बुधबार

बस र ट्रक ठोक्किँदा बस चालकको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका-१ स्थित चोरखोलामा शुक्रबार बिहान बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

लु.प्र.०३-००१ ख ००९९ नम्बरको बस र ना.६ प ३३३३ नम्बरको ट्रक ठोक्किँदा बसका चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य यात्रुहरूलाई उद्धार गरी उपचारका लागि नजिकैको चन्द्रौटा लगिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।