२८ आश्विन २०८३, बुधबार

पछिल्लो बाढीपहिरोमा १५ जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीको प्रधान कार्यालयका अनुसार बाढी, पहिरो लगायतका विपद्‍मा परी बागमती प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा २ जना र मधेश प्रदेशमा १ जना गरी १५ जनाको मृत्यु भएको हो ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी ४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै, १ हजार २ सय ८४ जनाको उद्धार गरिएको कार्यालयले जनाएको छ ।

प्रहरीले बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न स्थानमा घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गरिरहेको छ ।