२८ आश्विन २०८३, बुधबार

बेत्रावतीको एकै घरमा २४ शव फेला, आज पनि खोजी जारी रहने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाढी प्रभावित क्षेत्र नुवाकोटको बेत्रावतीको एकै घरभित्र २४ वटा शव भेटिएको छ ।

सोमबार विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा रहेको एउटा घरबाट २४ वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले जानकारी दिए ।

उनका अनुसार उक्त घरभित्र आज पनि खोजी कार्य जारी रहनेछ ।

उनले उक्त घर कसको र एकै घरमा ठूलो संख्यामा शव फेला पर्नुको कारणबारे बुझ्ने काम भइरहेको बताए । ‘घर कसको हो भन्ने बुझ्न पाएका छैनौँ । वडाध्यक्षज्यूको सम्पर्क हुन सकेको छैन । होटल वा गेस्ट हाउस जस्तो पनि देखिन्छ तर यकिन हुन सकेको छैन । कन्फर्म गर्ने प्रयास गर्दैछौँ,’ उनले भने ।

भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ । सोमबारसम्म ९ सय भन्दा बढीको शव फेला परिसकेको छ भने हजारौंको संख्यामा मानिसहरू सम्पर्कबिहीन छन् ।

तीन वटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी तथा उद्धारको काम जारी राखेका छन् ।