३१ जेष्ठ २०८३, आइतबार

दिल्लीमा कक्रोज जनता पार्टीको आजको प्रदर्शन सकियो, अर्को शनिबार फेरि भेला हुने घोषणा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको कक्रोज जनता पार्टी (सीजेपी)ले राजधानी नयाँ दिल्लीको जन्तर मन्तरमा आजको विरोध प्रदर्शन सकिएको जानकारी गराएको छ ।

शनिबार बिहान ९ बजेबाट सुरु भएको प्रदर्शन अपरान्ह ३ सकिएको हो ।

आजको प्रदर्शन सकिएपछि पार्टीका संस्थापक अभिजीत दीपकले एक वर्षपछि आज आफ्ना आमाबाबुलाई भेट्न घर जान लागेको जानकारी गराएका छन् ।

दीपकले विगत १५ दिनमा आफूले धेरै पीडा भोगेको र धम्कीका कारण घर छोड्नु परेको बताए । आजको विरोध केवल एउटा ट्रेलर मात्र भएको उनको भनाइ थियो ।

यसअघि दीपकले शिक्षामन्त्री धर्मेन्द्र प्रधानले साँझ ५ बजेसम्म राजीनामा दिनुपर्ने बताएका थिए । दीपकले शिक्षामन्त्रीले राजीनामा नदिए आजको प्रदर्शन देशभर हुने चेतावनी दिएका थिए ।

पार्टीले अर्को शनिबार जुन १३ मा जन्तर मन्तरमै फेरि विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार, पार्टीले साँझ ५ बजेसम्म जन्तर मन्तरमा विरोध प्रदर्शन गर्ने अनुमति पाए पनि दीपक र अभियन्ता सोनम वाङचुक अपरान्ह ३ बजे नै प्रदर्शनस्थलबाट निस्किएका थिए । त्यसपछि आजको विरोध कार्यक्रम सकिएको थियो ।

प्रदर्शन कार्यक्रमका लागि दीपक आजै बिहान अमेरिकाबाट दिल्ली आएका थिए ।

दीपक विमानस्थलबाट सिधै प्रदर्शनस्थल जन्तर मन्तर पुगेका थिए ।

यो पनि :

कक्रोज जनता पार्टीले आज दिल्लीमा विरोध प्रदर्शन गर्दै, यस्तो छ संस्थापक दीपकको अपील

कक्रोज जनता पार्टीका संस्थापक अमेरिकाबाट दिल्ली आइपुगे, १ घण्टापछि विमानस्थलबाट बाहिरिए

दिल्लीमा हजारौँको संख्यामा कक्रोज जनता पार्टीको प्रदर्शन, मागियो मोदीको राजीनामा (भिडियोसहित)

कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए सोनम वाङचुक