काठमाडौं । कक्रोज जनता पार्टी (सीजेपी)ले आज भारतको राजधानी नयाँ दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्दैछ ।
विरोध प्रदर्शनको लागि अनुमति नदिए पनि पार्टी समर्थकहरूले पहिले नै तयारी गरिसकेका छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार पार्टीका संस्थापक अभिजीत दीपक संयुक्त राज्य अमेरिकाबाट दिल्ली आइपुगेका छन् । अभिजीत शनिबार बिहान ७ः४५ बजे अमेरिकाबाट दिल्ली आइपुगे । अभिजीत करिब एक घण्टापछि विमानस्थलबाट निस्किए । ढिलाइको कारण खुलाइएको छैन ।
सक्रिय कार्यकर्ता सोनम वाङचुक पनि लद्दाखबाट दिल्लीको यात्रा गर्दै विरोध प्रदर्शनमा सहभागी हुनेछन् ।
अभिजीत समर्थकहरूसँगै संसद मार्ग प्रहरी चौकीमा जानेछन् ।
पार्टीले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेको छ । पार्टीले प्रदर्शनमा भाग लिने समर्थकहरूका लागि अपील पनि जारी गरेको छ, जसमा उनीहरूलाई सनस्क्रिन लगाउन, ब्रेकफास्ट खान र झण्डा, फूल र पुस्तकहरू ल्याउन आग्रह गरिएको छ ।








प्रतिक्रिया