काठमाडौं । भारतमा हालै सामाजिक सञ्जालबाट बनेको कक्रोज जनता पार्टी (सीजेपी)ले हजारौँको संख्यामा राजधानी नयाँ दिल्लीको जन्तर मन्तरमा बिहानैबाट विरोध प्रदर्शन गरिरहेको छ ।
प्रदर्शनमा संस्थापक अभिजीत दीपक पनि सहभागी छन् ।
अभिजीत प्रदर्शनका लागि आजै बिहान अमेरिकाबाट दिल्ली आइपुगेका हुन् । उनी करिब एक घण्टापछि विमानस्थलबाट निस्किएका थिए ।
अभिजीत अम्बेडकर नामक पुस्तक बोकेर विमानस्थलबाट निस्किएका थिए ।
प्रदर्शनकारीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन् ।
सीजेपीले शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै आएको छ । पार्टीले यो विरोध नीट पेपर लीक र सीबीएसई, सीयुईटी, एसएससी–जीडीजस्ता परीक्षाहरूमा भएको अनियमितताको विरुद्ध प्रदर्शन गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रदर्शन अहिलेसम्म शान्तिपूर्ण रुपमा भइरहेको छ ।
यसैबीच, दिल्ली सरकारले हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारेको छ ।








प्रतिक्रिया