२४ असार २०८३, बुधबार

बाटोको कथा….

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खुम्बु । एभरेष्ट आधार शिविरबाट लुक्ला एयरपोर्टका लागि उडेको हेलिकप्टर मौसमको प्रतिकूलताका कारण ४४१० मिटर उचाइमा रहेको दिङबोचे हेलिप्याडमा रोकियो ।

हेलिप्याडमा एक जना व्यक्ति हेलिकप्टरलाई इसारा गर्दै, सामान मिलाउँदै, इन्धन भर्दै थिए । उनी सामान्य हेलि सहयोगी जस्ता देखिन्थे । तर वास्तविकतामा उनी थिए नेपालकै प्रतिष्ठित ‘फोटिन पिक्स एक्पिडिसन’का संस्थापक तथा सिईओ र सोही हेलि एभरेष्टका मालिक टासी शेर्पा ।

विगत २३ वर्षदेखि निरन्तर यही पेसामा आफ्नो हात चलाइरहेका उनी हातमा क्यामेरा देखेर हो कि के हो गुनासो पो गर्न थाले– हेर्नुहोस् न हाम्रो जिन्दगी त यस्तै छ । मान्छेहरु काठमाडौं बसेर अनेक टिकाटिप्पणी गर्छन् । कति पत्रकार र कर्मचारीलाई आधार शिविरसम्म पुर्‍याइयो, नेपाली हो भनेर सहयोग गर्‍यो अनि कति नेपालीहरुलाई स्वास्थ्य समस्या हुँदा हेलिमा तल पुर्‍याइदियो । तर जति सहयोग गरेपनि काठमाडौं पुगेपछि हाम्रै बारे उल्टो र नकारात्मक कुरा लेख्नछन् । राज्यलाई वार्षिक रुपमा करिब १ अर्ब ५० करोड वार्षिक रुपमा कर तिर्छौ होला । तर तिरेको करको एक प्रतिशत, (१२ करोड) पनि हाम्रो हातमा बच्दैन् ।

करिब एक घण्टाको बसाइमा धेरै कुरा गर्न सम्भव थिएन । ठूलो कम्पनी भएकाले कमजोरी पनि हुन सक्छन्, आफ्नो कमजोरीलाई स्वीकार्दै एकजना वास्तविक सञ्चार विज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ होला भन्ने सुझाव दिँदादिँदै लुक्ला एयरपोर्टको लागि हेलिकप्टर तयार भयो । बिदाईमा उनको हात हल्लाई र मुस्कान दुवै सुमधुर थियो ।

दुई दिन लुक्लाको हेलिप्याडमा काठमाडौंको लागि हेलिकप्टर कुर्दा कुर्दै वितेपछि तेस्रो दिन समिट एयरको जहाजबाट काठमाडौं पुगे पनि उनी र उनको कम्पनिप्रति कुनै गुनासो गर्न मन लागेन । तर यसरी वास्तविक कार्यक्षेत्र मै गएर कामलाई सानो–ठूलो नभनी ,कर्मलाई धर्म मान्ने यिनको वास्तविक चरित्रले भने मोहित बनायो ।