२८ असार २०८३, आइतबार

अविरल वर्षाले जुम्लाको सिंजामा कृषिबाली र संरचनामा क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका–३ अन्तर्गत धितालिही रोकायाबाडामा गएरातिको अविरल वर्षाका कारण कृषकहरूले लगाएको अन्न, धान, कोदो, सिमी लगायतका कृषिबालीमा क्षति पुगेको छ ।

वर्षाले स्थानीयका भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ भने क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

स्थानीयले सम्बन्धित निकायलाई तत्काल उद्धार तथा राहतका लागि पहल गर्न आग्रह गरेका छन् ।