३२ असार २०८३, बिहिबार

मध्यपूर्व तनाव : कुवेत र बहराइनमा हवाई आक्रमणको साइरन बज्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिका र इरानबीचको तनावकाबीच बुधबार कुवेत र बहराइनमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेको छ ।

कुवेतको आधिकारिक सरकारी समाचार कुनाका अनुसार, देशभरि नै साइरनहरू सक्रिय पारिएको छ ।

बहराइनको गृह मन्त्रालयले सर्वसाधारणहरूलाई शान्त रहन र तत्काल नजिकैको सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

यसैबीच, इरानले अमेरिकाको कुवेत र बहराइनमा रहेको ८५ वटा सैन्य क्याम्पलाई निशाना बनाएको दाबी गरेको अलजजिराले जनाएको छ ।