कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा शुक्रबार टिपरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
टिपरको ठक्करबाट स्थानीय १४ वर्षीय दिवस चुनराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुपप्र ०२–००१ ख ०५९८ नम्बरको टिपरले भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चुनराको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बसेका चुनाराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय नरेश लुहार घाइते भएका छन् । उनलाई उपचारका लागि भारतको खटिमातर्फ लगिएको प्रहरीले जनाएको छ ।
घाइते चुनाराको बायाँ खुट्टामा चोट लागेको छ । टिपर चालक भने फरार रहेकाले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया