काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ ।
आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताका खेलहरूका लागि विभिन्न विधामा टिकटको दर तोकिएको हो ।
क्यानले जारी गरेको प्रेस विज्ञप्ति अनुसार लिग चरणका खेलहरूका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य १,००० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, नकआउट चरणका एलिमिनेटर तथा फाइनल खेलहरूका लागि भने साधारण टिकटको मूल्य १,००० रुपैयाँ र प्रिमियम टिकटको मूल्य २,००० रुपैयाँ तोकिएको छ ।
















प्रतिक्रिया