१८ असार २०८३, बिहिबार

सुर्खेतमा एमालेको राँके जुलुसमा प्रहरीको लाठी चार्ज

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइका लागि सुर्खेतमा आयोजित राँके जुलुसहितको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ ।

२३–२४ भदौको जेन–जी आन्दोलनका घटना जाँचबुझ गर्न गठित आयोगको सिफारिसअनुसार ओलीलाई प्रहरीले पक्राउ गरेपछि एमालेले देशभर विरोध प्रदर्शन जारी राखेको छ ।

सोमबार साँझ जिल्ला पार्टी कार्यालयद्वारा आयोजित राँके जुलुलसहितको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनमा सहभागी केही युवासँग विवाद भएपछि प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीको लाठी चार्जबाट केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।