३२ असार २०८३, बिहिबार

नेपाली क्रिकेटरलाई प्रशिक्षण दिन भारतीय क्रिकेटर नेपाल आउँदै

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको सबैभन्दा प्रतिष्ठित र पुरानो घरेलु प्रथम श्रेणी क्रिकेट प्रतियोगिता रणजी ट्रफी खेलिसकेका क्रिकेटर नरेन्द्र कुमार नेपाल आउने भएका छन् । आईसीसीको लेभल वानका प्रशिक्षकसमेत रहेका उनी नेपाली क्रिकेटरहरूलाई प्रशिक्षण दिन नेपाल आउन लागेका हुन् ।

उनी अहिले दिल्लीको द्रोणाचार्य क्रिकेट एकेडेमीका हेडकोच छन् । उनलाई नेपालको काठमाडौं क्रिकेट एकेडेमीले नेपाली क्रिकेटरहरूलाई प्रशिक्षण दिन नेपाल ल्याउन लागेको हो । उनले १५ दिन नेपाल बसेर इच्छुक नेपाली क्रिकेटरहरूलाई प्रशिक्षण दिने केसिएका प्रमुख मदन कार्कीले जानकारी दिए ।

एकेडेमीले यसअगाडि पनि उनलाई नेपाल बोलाएर एकेडेमीका खेलाडीसँगै इच्छुक अन्य क्रिकेटरहरूलाई प्रशिक्षण दिएको र नेपाली खेलाडीहरूको स्तर बढाउन १५ दिनका लागि उनलाई पुनः नेपाल बोलाइएको जानकारी दिए ।

’विध्यालयको अन्तिम परीक्षा पनि सकिँदै छ । यो बेलामा प्रशिक्षणमा रहेका क्रिकेटरहरूलाई विश्वस्तरीय प्रशिक्षण दिन हामीले नरेन्द्र कुमारलाई नेपाल ल्याउन लागेका हौँ,’ उनले भने ।

१५ दिनको नेपाल बसाइमा उनले बलिङ, ब्याटिङलगायका क्षेत्रमा विशेष प्रशिक्षण दिने कार्कीले जानकारी दिए । प्रशिक्षण केसीएको बालुवाखानीमा रहेको प्रशिक्षण केन्द्रमा अप्रिल ९ बाट सुरु हुने उनले जानकारी दिए ।