काठमाडौं । पर्सामा सुतली बम र सुँगुरको टाउकोसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई प्रहरीले गएराति पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरु सुँगुरको टाउको मस्जिदमा लगेर फ्याँक्ने तयारीका साथ हिँडेका थिए ।
उनीहरुको साथबाट ९ थान सुतली बम, केही तार लगायतका सामग्री पनि बरामद भएको प्रहरीले जनाएको छ । यसअघि गएराति नै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोजकुमार चौधरी समेत शंकास्पद वस्तुसहित पक्राउ परेका थिए ।
दुवै घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।








प्रतिक्रिया