९ कार्तिक २०८३, सोमबार

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन अध्यक्ष ओलीको आह्वान

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले चिन्तित तुल्याएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित र सजग रहन आह्वान गरेका हुन् ।

‘मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ । युएई, इजरायल र इरानमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दुतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु ।’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन् ।