२३ असार २०८३, मंगलबार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती–८ तल्लो भवानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गएराति फापरबारीबाट हात्तिसुडे आउँदै गरेको प्र३–०२–००५ प १००८ नम्बरको मोटरसाइकल नालामा खसेर दुर्घटना हुँदा बकैया–८ बस्तिपुर बस्ने ४० वर्षीय प्रेमबहादुर गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते गोलेलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।