१९ असार २०८३, शुक्रबार

प्रतिनिधिसभा निर्वाचन : बाजुरामा मतदान अधिकृतलाई तीन चरणमा तालिम दिइँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा आइतबार नियुक्त भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई बिहीबार एकदिने अभिमुखीकरण तालिम दिइने भएको छ ।

फागुन १४ गते बिहीबार बुढीनन्दा नगरपालिका, हिमाली, स्वामिकार्तिक खापर गाउँपालिका र जगेडामा रहेका गरी ८८ जन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइने जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

त्यस्तै, फागुन १५ गते खप्तड छेडे दह, जगन्नाथ गाउँपालिका, त्रिवेणी नगरपालिका र अस्थायी मतदान केन्द्रका ७८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण गरिने निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाहीले जानकारी दिए । साथै, बुढीगंगा, बडी मालिका नगरपालिका र गौमुल गाउँपालिकाका मतदान केन्द्रका ८४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई फागुन १६ गते बिहान १० बजेबाट सदरमुकाम मार्तडीमा अभिमुखीकरण तालिम दिइने निर्वाचन अधिकारी शाहीले बताए ।

अभिमुखीकरण तालिममा सहभागी हुने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई परिचय पत्र, व्यक्तिगत पान नम्बर र बैंकको चेक बुकको फोटोकपी लिएर आउन आग्रह गरिएको छ । बाजुरामा फागुन २१ गते हुने निर्वाचनको तयारीमा लगभग अन्तिम चरणमा पुगेको छ ।

बाजुरामा एक स्वतन्त्रसहित ७ दलका उम्मेदवार चुनावी मैदानमा छन् ।