२० असार २०८३, शनिबार

सरकारले पाँच महिनादेखि शहीद परिवारलाई यताउता कुदाइरहेको छ : गणेश चौलागाईं

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि जेनजी आन्दोलनका क्रममा शहीद भएका परिवारका सदस्यहरुले धर्ना दिएका छन् ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय अगाडि जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारले धर्ना दिएका हुन् ।

धर्नामा सहभागी १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले सरकारले पाँच महिनादेखि शहीद परिवारलाई दुःख दिँदै यताउता कुदाइरहेको आरोप लगाए । उनले आन्दोलनका क्रममा उठाइएका मागहरू कागजी रूपमा स्वीकार गरिएको भए पनि व्यवहारमा कुनै पनि माग पूरा नभएको बताए ।

‘हामीले उठाएका मुद्दाहरू कागजमै सीमित भएका छन्, तर कार्यान्वयन भएको छैन,’ उनले भने, ‘त्यसैले बाध्य भएर आज धर्नामा बसेका हौं ।’

चौलागाईंले शहीद घोषणा गर्ने, अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गर्ने जस्ता विषय सामान्य भए पनि शहीद परिवारको जीवनयापनसँग सम्बन्धित मूल मागहरू अहिलेसम्म बेवास्ता गरिएको बताए ।

उनले भने, ‘जुन मुद्दा हामीले उठाएका छौं त्यो पूरा भएका छैनन् । त्यसैले आज हामी धर्नामा बसेका हौं । शहीद घोषणा गर्ने कुरो, अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गरिने कुरो यी साधारण कुराहरु हुन् । तर शहीद परिवार बाँच्नुपर्ने जसमा जीवनयापन गर्नुपर्ने विषयमा जुन माग मुद्दाहरु छन् त्यो कुनैपनि पूरा भएका छैनन् ।’