काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति तथा पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काको निवास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । पार्टीभित्रको आन्तरिक राजनीतिक गतिविधि र विशेष महाधिवेशनका कारण सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको संख्या बढाइएको बुझिएको छ ।
बुढानीलकण्ठ नगरपालिका–७ को हात्तिगौंडा, हेपाली हाइटस्थित खड्काको निजी निवास वरपर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको हो । निवास आसपासको क्षेत्रमा सादा पोशाकसहितका सुरक्षाकर्मी परिचालन गरिनुका साथै निगरानी बढाइएको छ ।
उपत्यका प्रहरी कार्यालयका एक अधिकृतका अनुसार सुरक्षा व्यवस्था पूर्वसावधानीस्वरूप कडा पारिएको हो ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन सुरु गरेका छन् । महाधिवेशनको आजबाट बन्दसत्र सुरु हुँदैछ । विशेष महाधिवेशनमा देशभरबाट आएका कांग्रेसका बहुमत प्रतिनिधिहरू सहभागी छन् ।















प्रतिक्रिया