१७ असार २०८३, बुधबार

काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ सुरु हुँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ सुरु हुने भएको छ । कृत्रिम बुद्धिमत्ता (एआई) सम्मेलन केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स र एआई क्लब (केयूएआइसी)को आयोजनामा सञ्चालन हुने भएको हो ।

क्लबका अध्यक्ष अशिम श्रेष्ठका अनुसार सम्मेलनले एआईलाई केवल ‘रिसर्च’ वा ‘जेनरेटिभ टुल’मा सीमित नराखी शिक्षा, स्वास्थ्य, वित्त, उद्योग, शासन र समाजमा यसको व्यावहारिक प्रयोगबारे जनचेतना फैलाउने उद्देश्य राखेको छ । ‘ब्रिजिङ इन्टेलिजेन्स एन्ड इनोभेसन’ नारासहित आयोजना गरिएको तीनदिने सम्मेलनमा विद्यार्थी, अनुसन्धानकर्ता, उद्योग, स्टार्टअप, नीति–निर्माता र सर्वसाधारणलाई एउटै प्लेटफर्ममा जोडिनेछ ।

सम्मेलन तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरण ‘एआई क्यानभास’अन्तर्गत एआई फाउन्डेसन, बुटक्याम्प, वेबिनार लगायतका आधारभूत सिकाइ कार्यक्रम समावेश छन् । दोस्रो चरण ‘एआई कन्क्लेभ’ जनवरी १२–१४ मा केयू केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ भने तेस्रो चरण ‘एआई कन्भर्जेन्स–२०२६’अन्तर्गत समग्र परिणाम, नीति सिफारिस र एक्सपो आयोजना गरिनेछ ।

सोमबार नेसनल लेभल एआई समिट, मंगलबार प्रोजेक्ट प्रदर्शनी, रोबोटिक्स प्रतियोगिता, ई–गेम्स, टेक–टक्स र एक्सपो, र बुधबार ‘एआई फर सोसाइटी’ प्यानल डिस्कसन, ई–गेम्सको फिनाले, जनचेतना कार्यक्रम र एआई नीति छलफल हुने आयोजकले जानकारी दिएका छन् । आयोजकका अनुमान अनुसार तीन दिनमा करिब ५ हजार अवलोकनकर्ताको सहभागिता रहनेछ ।